काठमाडौं । प्रतिनिधिसभाको आगामी भदौ ६ गते बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
आजको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते अपराह्न २ बजेभित्र प्रतिनिधिसभा सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ ६ गते अपराह्न १ बजे बस्नेछ।
































