काठमाडौं । दबाबमा परेको सेयर बजार सोमबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २०.४८ अंकले घटेर २,५६६.७६ विन्दुमा झरेको छ।
आज बजारमा ९० लाख ३ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये ३२ वटाको सेयर मूल्य बढेको छ भने २४२ कम्पनीको मूल्य घटेको छ। ४ कम्पनीको मूल्य भने स्थिर रह्यो।
आज स्ट्यान्डर्ड चार्टर्ड बैंक डिबेन्चरको मूल्य ५.७५ प्रतिशत, नेपाल एसबीआई बैंक डिबेन्चरको ४.९८ प्रतिशत, ग्लोबल आईएमई समुन्नत योजनाको ४.९८ प्रतिशत, नबिल ब्यालेन्स फन्डको ३.३३ प्रतिशत र नबिल डिबेन्चरको ३.२८ प्रतिशतले बढेको छ।
































