National life

संसद्‍मा ३६ वटा विधेयक, थप १४ वटा दर्ता गर्ने तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|२० असोज २०८३, मङ्गलबार
321Shares
संसद्‍मा ३६ वटा विधेयक, थप १४ वटा दर्ता गर्ने तयारी
ncell

काठमाडौं । सरकारले थप १४ वटा विधेयक संसद्‍मा दर्ता गर्ने गरी प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

हाल संघीय संसद्मा ३६ वटा विधेयक विचाराधीन छ । थप १४ वटा विधेयक छिट्टै दर्ता गर्ने गरी काम अगाडि बढेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार पछिल्ला दुई अधिवेशनले पारित १२ वटा विधेयक दुवै सभाबाट पारित भइसकेका छन् ।

Royal Enfield
nic asia capital
११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएका छन् भने एउटा प्रमाणीकरण हुने प्रक्रियमा छ ।

संघीय संसद्‍मा रहेका विचाराधीन रहेका ३६ वटा विधेयकमध्ये २४ वटा संसदीय समितिमा दफावार छलफलमा छ । एउटा राष्ट्रिय सभामा छ । बाँकी सभामै रहेका छन् ।

सरकारले थप १४ वटा विधेयक संसद्मा दर्ता गर्ने गरी अन्तिम चरणमा पुर्‍याएको कानुन मन्त्रालयले जनाएको छ ।

संसद्‍मा दर्ता हुने चरणमा पुगेका विधेयकहरूमा विधेयकहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक, राष्ट्रिय सर्तकता केन्द्रसँग सम्बन्धित ऐन संशोधन विधेयक रहेका छन् ।

यसैगरी, कम्पनी ऐन संशोधन विधेयक र विभिन्न पाँच वटा संहिता संशोधन विधेयक पनि ल्याइँदैछ । औद्योगिक सम्पतिसम्बन्धी विधेयक पनि छिट्टै संसद्मा दर्ता गर्ने गरी अगाडि बढेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक श्रण व्यवस्थापन र विदेशी विनीमयसँग सम्बन्धित विधेयक ल्याउँदैछ ।

उर्जा मन्त्रालयले नवीकरणीय उर्जासँग सम्बन्धित विधेयक र जलस्रोतसाग सम्बन्धित ऐन संशोधन विधेयक अगाडि बढाएको छ ।

पूर्वाधार न्यायाधीकरणसँग सम्बन्धित विधेयक र कृषि सँग सम्बन्धित विधेयक अगाडि बढेको छ ।

पशु बधशालासँग सम्बन्धित विधेयक पनि संसद्‍मा छिट्टै दर्ता गर्ने गरी अगाडि बढेको छ ।

कुन विधेयक कहाँ पुग्यो भनेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले ट्रयाक गरिरहेको छ । थप १४ वटा विधेयक छिट्टै दर्ता गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
321SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?