काठमाडौं । वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको भैंसीको मासु चीन निर्यात गर्ने लक्ष्यका साथ सिन्धुलीमा २० अर्ब रुपैयाँको भव्य प्रशोधन उद्योग स्थापना हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्।
कम्पनीले सिन्धुलीको मारिण गाउँपालिका–४ मा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्नका लागि उद्योग विभागबाट प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत २० अर्ब रुपैयाँको स्वीकृति प्राप्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएका हुन् ।
प्रस्तावित उद्योगले वार्षिक दुई लाख मेट्रिक टन भैँसीको मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अङ्ग, टाउको आदि) उत्पादन गर्नेछ । चीन निर्यातलाई लक्षित गर्दै सञ्चालनमा ल्याइने यस उद्योगमार्फत ५ हजार १५६जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।
साथै, उद्योग सञ्चालनपछि वार्षिक करिब डेढ खर्ब रुपैयाँ बराबरको मासु चीन निर्यात हुने अनुमान गरिएको छ ।































