काठमाडौँ । बजारमा अण्डाको उत्पादन घटेसँगै मूल्य बढ्ने भएको छ । भोली अर्थात् मङ्गलवारबाट लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय भएको नेपाल लेयर्स कुखुरापालक संघले जानकारी दिएको छ ।
आज बसेको नेपाल लेयर्स कुखुरापालक संघको बैंठकले भोलिबाट अण्डाको मूल्य बढाउने निर्णय गरेको जनाएको छ । अत्यधिक गर्मीका कारण अण्डाको उत्पादन घट्न गएको कारण मूल्य बढेको संघको भनाई छ ।
बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। प्रतिक्रेट पन्ध्र रुपैयाँका दरले अण्डाको मूल्य बढाइएको छ। मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट चार सय ९५, ठूलो अण्डा पाँच सय १० र एक्स–एल पाँच सय ४० रुपैयाँ पर्ने भएको छ।
यसअघि ठूलो अण्डा चार सय ८०, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा पाँच सय २५ रुपैयाँ थियो। यो किसानले पाउने मूल्य हो। किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढ्ने छ।































