काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ९६ पैसा र बिक्री दर १४० रुपैयाँ ५६ पैसा तोकिएको छ। युरो एकको खरिद दर १६२ रुपैयाँ ८६ पैसा र बिक्री दर १६३ रुपैयाँ ५६ पैसा रहेको छ।
यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १८८ रुपैयाँ ५ पैसा र बिक्री दर १८८ रुपैयाँ ८६ पैसा छ ।
सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ ८८ पैसा र बिक्री दर १०९ रुपैयाँ ३५ पैसा छ भने जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४६ पैसा र बिक्री दर ९ रुपैयाँ ५१ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ४८ पैसा र बिक्री दर १९ रुपैयाँ ५७ पैसा रहेको छ।
साउदी रियाल एकको खरिद दर ३७ रुपैयाँ २९ पैसा र बिक्री दर ३७ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको ३८ रुपैयाँ ४० पैसा र ३८ रुपैयाँ ५६ पैसा छ। युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ ११ पैसा र बिक्री दर ३८ रुपैयाँ २७ पैसा, थाई भाट एकको ४ रुपैयाँ ३२ पैसा र ४ रुपैयाँ ३४ पैसा रहेको छ।
त्यस्तै, मलेसियन रिङ्गिट एकको खरिद दर ३३ रुपैयाँ ६ पैसा र बिक्री दर ३३ रुपैयाँ २० पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ६ पैसा र बिक्री दर १० रुपैयाँ १० पैसा छ।
स्विडिश क्रोनर एकको खरिद दर १४ रुपैयाँ ५७ पैसा र बिक्री दर १४ रुपैयाँ ६३ पैसा छँदा डेनिश क्रोनर एकको खरिद तथा बिक्री दर क्रमशः २१ रुपैयाँ ८२ पैसा र २१ रुपैयाँ ९२ पैसा रहेको छ। हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ८३ पैसा र बिक्री दर १७ रुपैयाँ ९१ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिद दर ४५७ रुपैयाँ ८८ पैसा र बिक्री दर ४५९ रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको ३७१ रुपैयाँ २३ पैसा र ३७२ रुपैयाँ ८२ पैसा र ओमानी रियाल एकको ३६३ रुपैयाँ ५३ पैसा र ३६५ रुपैयाँ ९ पैसा रहेको छ।































