National life

महानगरको सम्पर्क बाहिर छन् ५ सय सहकारी,हजारौ खारेजीको अवस्थामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ जेठ २०८१, सोमबार
554Shares
महानगरको सम्पर्क बाहिर छन् ५ सय सहकारी,हजारौ खारेजीको अवस्थामा
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाले करिब ९ सय सहकारी खारेजीको आन्तरिक तयारी थालेको खबर प्राप्त भएको छ ।

महानगरपालिकालाई कार्य क्षेत्र बनाएर दर्ता भएपछि सम्पर्कमा नभएका करिब ९ सय सहकारीलाई अन्तिम मौका दिएर खारेजीको प्रक्रियामा जाने तयारी गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

काठमाडौं महानगरपालिका सहकारी विभाग अनुसार अहिले १ हजार ९ सय २३ सहकारी अभिलेखमा छन् । जसमध्ये महानगरसँग ९ सय ३८ सहकारीले मात्रै नियमित रिपोर्टिङ गर्छन् ।

Royal Enfield
nic asia capital
बाँकी ९ सय ८५ मध्ये ५ सयभन्दा बढी सहकारी महानगरसँग सम्पर्कमै छैनन् ।

‘२०७५ सालदेखि ५ सयभन्दा बढी सहकारीले नियमित रिपोर्टिङ नगर्ने गरेको देखिन्छ । महानगरले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने तयारी गरेको भन्दै हालसम्म दुई सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरिसकेको छ।

विगत लामो समयदेखि देशव्यापी रुपमा सहकारी पिडीतहरुले आफ्ना माग राखिरहेका छन् भने लाखौ बचतकर्ताहरुले आफ्नो रकम फिर्ता नभएको भन्दै विरोध जनाउँदै आएको अवस्था छ ।

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?