National life

मेडिकल व्यवसायी दुर्गा प्रसाईं कारागार रिहा, बोल्नै दिएन प्रहरी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ साउन २०८२, सोमबार
395Shares
मेडिकल व्यवसायी दुर्गा प्रसाईं कारागार रिहा, बोल्नै दिएन प्रहरी
ncell

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं कारागारबाट रिहा भएका छन् । डिल्लीबजार कारागार प्रशासनले प्रसाईंलाई भर्खरै रिहा गरेको हो ।

उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएसँगै प्रसाईं कारागारबाट बाहिरिएका हुन् । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो।

Royal Enfield
nic asia capital

अदालतले तोकेको धरौटीको रकम बुझाएर उनी अहिले डिल्लीबजार कारागार फर्किएका थिए । त्यसको झन्डै दुई घण्टापछि कारागार प्रशासनले रिहाईको प्रक्रिया टुंग्याएर प्रसाईंलाई छाडेको छ ।

उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । ‘उनी तत्काल निर्दोष रहेछन् भन्ने भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको’ विषयलाई समेत मध्यनजर गर्दै अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
395SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?