काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अपरान्ह २ बजे काठमाडौंमा पत्रकार सम्मेलन गर्दैछ । चालु आवको पहिलो पहिलो त्रैमासिक समीक्षा आधारित मौद्रिक नीतिको समीक्षा सार्वजनिकपछि केन्द्रीय बैंकले पत्रकार सम्मेलन गर्न लागेको हो ।
आज केन्द्रीय बैंकले केही नियामकीय सीमाहरु घटाएर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दैछ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्नुअघि आज विहानदेखि सञ्चालक समितिको बैठक बसिरहेको छ ।
मौद्रिक समीक्षा अर्थतन्त्र चलायमान बनाउने गरी आउने राष्ट्र बैंकको एक अधिकारीले बताए। निजी क्षेत्रले उठाएका केही मागहरु सम्बोधन हुने ती अधिकारीले जानकारी दिए।
































