काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असार २३ गते सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर १ को खरिद दर १३६ रुपैयाँ ३४ पैसा र बिक्री दर १३६ रुपैयाँ ९४ पैसा तोकिएको छ। यस्तै १ युरोको खरिद र बिक्री दर क्रमशः १६० रुपैयाँ ५९ पैसा र १६१ रुपैयाँ ३० पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ १ को खरिद दर १८६ रुपैयाँ १५ पैसा र बिक्री दर १८६ रुपैयाँ ९७ पैसा रहेको छ।
अस्ट्रेलियन १ डलरको खरिद दर ८९ रुपैयाँ ३४ पैसा र बिक्री दर ८९ रुपैयाँ ७४ पैसा कायम रहँदा क्यानाडियन १ डलरको बिक्री दर १०० रुपैयाँ २२ पैसा र खरिद दर १०० रुपैयाँ ६७ पैसा रहेको छ।
यस्तै सिंगापुर डलर १ को खरिद दर १०६ रुपैयाँ ९८ पैसा र बिक्री दर १ को १०७ रुपैयाँ ४५ पैसा, जापानी १० येनको खरिद दर ९ रुपैयाँ ४३ पैसा र बिक्री दर १० येनको ९ रुपैयाँ ४७ पैसा रहेको छ।
युएई १ दिरामको खरिद दर ३७ रुपैयाँ १२ पैसा र बिक्री दर ३७ रुपैयाँ २८ पैसा तोकिएको छ । दक्षिण कोरियन १०० वोनको खरिद दर १० रुपैयाँ १ पैसा र बिक्री दर १० रुपैयाँ ५ पैसा कायम गरिएको छ।
यसैगरी, कुवेती दिनार १ को खरिद दर ४४७ रुपैयाँ १६ पैसा र बिक्री दर ४४९ रुपैयाँ १३ पैसा रहेको छ। बहराइन दिनारको खरिद दर ३६१ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६३ रुपैयाँ २४ पैसा तोकिएको छ । ओमानी रियाल १ को खरिद दर ३५४ रुपैयाँ ५९ पैसा र बिक्री दर ३५६ रुपैयाँ १५ पैसा कायम गरिएको छ।































