National life
cg eloctronics

राम्ररी बुझेर मात्रै बैंक तथा वित्तीय संस्थाको कागजातमा हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ वैशाख २०८१, मङ्गलबार
492Shares
राम्ररी बुझेर मात्रै बैंक तथा वित्तीय संस्थाको कागजातमा हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह
muktinatha bikash bank

काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय सेवा लिनु अघि राम्ररी बुझेर मात्रै हस्ताक्षर गर्न सूचित गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै ग्राहकहरुले वित्तीय सेवा लिनु अघि सबै कुरा बुझेर मात्रै हस्ताक्षर गर्न सूचित गरेको हो ।

‘जुकसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिएका हुन्छन् । सर्तहरुको पूर्ण पालना गर्नु दुवै पक्षको कानूनी दायित्व हो ।’ राष्ट्र बैंकले उल्लेख गरेको छ ,‘ग्राहकहरुले वित्तीय सेवाहरु लिनुअघि सर्तहरु पढ्ने र बुझने गर्नु पर्छ । नबुझिएमा प्रश्न सोधी प्रष्ट हुने र हस्ताक्षर गरिएको कागजको एकप्रति आफूले सुरक्षित राख्ने गर्नुपर्छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3

ग्राहकसँग प्रश्न सोध्ने र सर्तहरु बुझ्ने अधिकार हुने र सर्तहरु बुझाउने जिम्मेवारी वित्तीय सेवा प्रदायकको हुने राष्ट्र बैंकले जनाएको छ । यसरी ग्राहकहरुले सोधेका प्रश्नहरुको सही र सरल जवाफ दिनु ग्राहकको कारोबारसम्बन्ध्री पूर्ण सूचना र कागजात उपलब्ध गराउनु वित्तीय सेवाप्रदायकको दायित्व भएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

‘भोलि पछुताउनुभन्दा हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरु नबुझेसम्म प्रश्न सोध्ने गरौं ।’ राष्ट्र बैंकले आह्वान गरेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?