National life

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ माघ २०८०, शनिबार
423Shares
राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना
ncell

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । बैंकको ५९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरू तथा विभिन्न शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको शनिबार आयोजना गरिएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गाना तथा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रति बैंकिङ सचेतना गर्ने उद्देश्यले समाज प्रतिको उत्तरदायित्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए । बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी बैंकको लोगो अङ्कित विभिन्न प्लेकार्ड बोकेर बाजागाजा ब्यानर सहित भद्रकाली, सहिदगेट, न्युरोड गेट, रत्नपार्क, बागबजार, पद्मकन्या कलेज, पुतलीसडक, पद्मोदय मोड, राष्ट्रिय सभा गृह र पुनः भद्रकाली हुँदै केन्द्रीय कार्यालयमा पुगेर समापन भएको थियो ।

Royal Enfield
nic asia capital

त्यस्तै, वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरूमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाले विभागीय प्रमुख सञ्जय श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी उक्त कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

बैंकको केन्द्रीय कार्यालय परिसरमा तथा देशव्यापी रूपमा सम्पूर्ण प्रादेशिक कार्यालयहरूमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४७७ जना रक्तदाताहरूले रक्तदान गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
423SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?