काठमाडौँ । सहकारी पीडितहरू पुन सडकमा आन्दोलनमा आएका छन् । उनीहरू सहकारी ठगीमा संलग्न व्यक्तिहरूको सम्पत्ति जफत गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिरहेका छन् ।
बिहीबार दिउँसो सहकारी पीडितहरूले काठमाडौँको शान्ति बाटिकादेखि बालुवाटारसम्म र्यालीसहित प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आयोजनामा सहकारी पीडितहरूले ब्यानर, नारासहित प्रदर्शन गर्दै वालुवाटरसम्म पुगेका हुन् ।
उनीहरूले सहकारी तथा लघुवित्त संस्थाको खारेजी, ऋण मिनाहा गर्नु पर्ने भन्दै माग राखेका छन् । साथै, उनीहरूले प्रहरीले राखेको ‘ब्यारिकेट’ समेत तोड्ने प्रयास गरेका थिए । सहकारीले आफूहरूलाई मर्नु न बाच्नुको अवस्थामा पुर्याएको भन्दै तत्काल न्याय दिन सरकार समक्ष आग्रह गरेका छन् ।
सहकारीमा राखेको बचत फिर्ता गर्न सरकार र राजनीतिक दलहरूले चासो नदिएको भन्दै पीडितहरूले संगठित रूपमा आन्दोलन थप चर्काउने चेतावनी समेत दिएका छन् ।



































