National life
cg eloctronics

लक्ष्मी सनराइज बैंकको खुद नाफा १ अर्ब माथि, अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ माघ २०८०, आइतबार
541Shares
लक्ष्मी सनराइज बैंकको खुद नाफा १ अर्ब माथि, अन्य सूचक कस्ता ?
muktinatha bikash bank

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको भन्दा १.६६ प्रतिशतले कम हो । गत वर्ष बैंकले १ अर्ब ७ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस बैंकको खुद ब्याज आम्दानी १०४.६६ प्रतिशतले बढेर ५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।

everest bank

पुष समान्तसम्ममा कम्पनीको सञ्चालन नाफा ३.२२ प्रतिशतले घटेको छ । कम्पनीको उक्त नाफा १ अर्ब ४९ करोडबाट घटेर १ अर्ब ४४ करोडमा झरेको छ ।

यस अवधिमा कम्पनीको वितरणयोग्य नाफा ऋणात्मक छ । कम्पनीको खराब कर्जा दर १.५६ प्रतिशत विन्दुबाट बढेर ४.६७ प्रतिशत, चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख ५५ हजार रुपैयाँ, जगेडा कोष ९.६७ प्रतिशतले बढेर १६ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

कम्पाीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५१ पैसाले घटेर ९ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ६२ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?