National life

लक्ष्मी सनराइज बैंकको २३औं साधारण सभा सम्पन्न,रमण नेपाल अध्यक्षमा नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ पुस २०८०, शुक्रबार
386Shares
लक्ष्मी सनराइज बैंकको २३औं साधारण सभा सम्पन्न,रमण नेपाल अध्यक्षमा नियुक्त
ncell

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको २३औं साधारण सभा काठमाण्डौमा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

यसैगरी, सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पनि पारित गरेको छ ।

साथै सभाले संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

Royal Enfield
nic asia capital

नवनियुक्त सञ्चालक समितिको सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
386SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?