काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो केही दिन यता लगातार घटेको सुनको मूल्य शुक्रबार तोलामा २७०० रुपैयाँले बढेको हो ।
बिहीबार सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम थियो । शुक्रबार मूल्य बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको हो।
https://aarthikvoice.com/archives/75770
साथै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

































