काठमाडौँ। नेपाल राष्ट्र बैंकले शनिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार आज अमेरिकी डलरको मूल्यले पुनः नयाँ उचाइ कायम गरेको छ ।
आज अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ यो आजसम्मकै उच्च मूल्य हो । त्यस्तै, युरोपियन युरो एकको खरिदर एक सय ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०२ पैसा कायम भएको छ ।
राष्ट्रबैंकका अनुसार आज युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४८पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७७ पैसा निर्धारण गरिएको राष्ट्रबैंकले जनाएको छ ।

































