National life

शिक्षक महासंघ र सरकारबीचको सहमतिमाथि कर्मचारीको असन्तुष्टि, कर्मचारीले पनि आन्दोलन थाल्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ वैशाख २०८२, शुक्रबार
757Shares
शिक्षक महासंघ र सरकारबीचको सहमतिमाथि कर्मचारीको असन्तुष्टि, कर्मचारीले पनि आन्दोलन थाल्दै
ncell

काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ९ बुँदे सहमतिमाथि असन्तुष्टि व्यक्त गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ।

परिषद्ले शुक्रबार ७ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको हो । शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य हुनुपर्ने, हालसम्मका सहमति कार्यान्वयन हुनुपर्ने, विद्यालय कर्मचारीको विरामी विदा संचित गराउनुपर्ने, तलवमान कायम गर्नुपर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भक्ता दिनुपर्ने लगायत माग अघि सारिएका छन्।

महासंघको अगुवाइमा २९ दिनसम्म चलेको शिक्षकहरूको आन्दोलन वैशाख १७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग ९ बुँदेसहित भएपछि स्थगित भएको थियो।

Royal Enfield
nic asia capital

परिषद्ले महासंघको नेतृत्वले विद्यालय कर्मचारीलाई सडकमै बिना सूचना छाडिदिएको भन्दै आपत्ति जनाएको थियो।

परिषद्ले आगामी जेठ ९ गतेदेखि माइतीघर मण्डलामा सडक आन्दोलन गर्ने जनाएको छ । बब्बन मिश्राको संयोजकत्वमा आन्दोलन परिचालन समिति समेत गठन गरेको छ।

कर्मचारीले जेठ ३ गतेसम्म कार्यकक्षमै कालोपट्टी बाधेर काम गर्नेछन्। त्यस्तै जेठ ४ गते सबै पालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै आन्दोलनबारे जानकारी दिइनेछ।

जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्नेछ। त्यस्तै जेठ ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षण पत्र बुझाइने परिषद्ले जनाएको छ।

जेठ ७ गते ७ वटै प्रदेशमाको सामाजिक विकास मन्त्रालयमा आन्दोलनबारे ध्यानाकर्षपत्र बुझाइनेछ। जेठ ९ गतेदेखि काठमाडौँको माइतीघर मण्डलाकेन्द्रित सडक आन्दोलन हुने जनाइएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
757SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?