National life

शिखर इन्सुरेन्सको खुद नाफा बढ्यो,सबै सुचकमा गर्यो प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० माघ २०८१, बुधबार
526Shares
शिखर इन्सुरेन्सको खुद नाफा बढ्यो,सबै सुचकमा गर्यो प्रगति
ncell

शिखर इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफा २.४८ प्रतिशतले बढेर २५ करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

Royal Enfield
nic asia capital

यस्तै ,कम्पनीको खुद बिमा शुल्क आर्जन १५.६३ प्रतिशतले बढेर ६३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ५५ करोड १४ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ रहेको कम्पनीको को रिटेन्ड अर्निङमा ४० करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४७ पैसाले बढेर १९ रुपैयाँ ३९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ११ पैसा छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?