National life

शिखर इन्सुरेन्सको खुद बिमा शुल्क आर्जन १६.५७ % ले बढ्यो ,अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ वैशाख २०८२, सोमबार
554Shares
शिखर इन्सुरेन्सको खुद बिमा शुल्क आर्जन १६.५७ % ले बढ्यो ,अन्य सूचक कस्ता ?
ncell

काठमाडौं। शिखर इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय बिवरण अनुसार यस अवधिमा कम्पनीले ३५ करोड ७० लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको छ। जुन गत आवको भन्दा १.७९ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३५ करोड ७ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १६.५७ प्रतिशतले बढेर १ अर्ब २० करोड ८३ लाख २८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ अर्ब ३ करोड ६६ लाख १० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको कुल आम्दानी १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीको कुल आम्दानी १ अर्ब ७४ करोड रहेको थियो । यो अवधिसम्म कम्पनीले ७१ करोड ५० लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।

कम्पनीले १ अर्ब ३६ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.७१ प्रतिशतले बढी हो । कम्पनीले महाविपत्ती कोषको आकार १३ करोड ८१ लाखबाट बढेर १५ करोड ५९ लाख पुगेको छ । यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङ १६ करोड २३ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी २ अर्ब ९२ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ८१ पैसा छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?