काठमाडौं । साताको दोस्रो कारोबारका दिन आज शेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । निरन्तर रूपमा बजारमा आएको गिरावटको कारण लगानीकर्ता निराशामा परेको समयमा आज बजार सामान्य अंकले बढेको हो ।
उक्त दिन बजार १२.९१ अंकले बढेर २७६२.७४ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ।
सेयर बजारमा बढोत्तरी आउँदा ११ उपसूचक हरियाली भएको छ । त्यस्तै, आज वाणिज्य बैंक समूहको १.६२ प्रतिशत, विकास बैंक समूहको ०.७५ प्रतिशत, फाइनान्स समूहको ०.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१७ प्रतिशतले शेयर मूल्य बढेको छ।
त्यस्तै, आज हिमस्टार ऊर्जाको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६.०७ प्रतिशतले बढेको छ । त्यसैगरी, स्टान्डर्ड चार्टड बैंकको ४.०८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
































