National life

शेयर बजार उकालो लाग्न थालिसक्यो: नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष लम्साल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ असार २०८१, शुक्रबार
469Shares
शेयर बजार उकालो लाग्न थालिसक्यो: नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष लम्साल
ncell

काठमाडौं । नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले अगामी दिनमा शेयर बजार उकालो लाग्दै जाने र बजारले थप सकारात्मक गति लिने प्रतिक्रीया दिएका छन् । उनले आर्थिक भ्वाईससँगको कुराकानीमा नेपाल राष्ट्र बैंकले ल्याउँदै गरेको मौद्रिक नीतिमा रहेको लगानीकर्ताहरुको अपेक्षा व्यक्त गरेका छन् ।

लगानीकर्ता लम्सालले धेरै मागहरु तपशिलमा रहे पनि केही मागहरु भने अति आवश्यक रहेको औंल्याएका छन् । उनले मुख्य आफूहरुको दुईवटा माग रहेको बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रिक्स वेटेजलाई १ सय २५ बाट १ सयमा झार्ने लगानीकर्ताहरुको एउटा माग रहेको छ । त्यसरी नै अर्को माग भनेको शेयर कर्जा सिमा हटाउने उनीहरुको माग रहेको छ ।

उनले आफ्ना मेजर मागलाई सम्बन्धित निकायले सम्बोधन गर्नेमा आफूहरु आशावादी रहेको पनि बताएका छन् । लगानीकर्ता लम्सालले आर्थिक वर्षको अन्तिममा प्राय शेयर बजारले सकारात्मक लय समात्ने कुरा पनि स्वीकार गरेका छन् । उनले आफ्ना मागहरु पूरा हुँदा एक दुई जना मात्र नभई आम लगानीकर्ताहरुको भलाई हुने समेत बताएका छन् ।

शेयर बजारमा वृद्धिको ट्रेण्ड सुरु

लगानीकर्ता लम्सालले शेयर बजारमा ग्रोथको ट्रेण्ड सुरु भइसकेको बताएका छन् । अहिले बजारले अप ट्रेण्ड लिएको समेत उनले सुनाए । त्यस्तै, आगामी साताबाटै शेयर बजारमा क्लोजिङको इफेक्ट समेत देखा पर्ने उनी बताउँछन् । हालसम्म भने क्लोजिङको इफेक्ट, शेयर बेचेर व्याज तिर्नुपर्ने अवस्थाकै कारण बजारमा प्रेसर क्रियट हुन्छ कि भन्ने आफूहरुको पूर्वानुमान रहे पनि अहिले घटनाक्रमले पोजेटिभ्ली लगेको उनी बताउँछन्।

त्यसमा पनि मुख्यतय लगानीकर्ताहरुलाई राजनैतिक सिनिरीयोले पनि सकारात्मक माहोल क्रियट गरेको उनले स्मरण गराएका छन् । अहिलेको बजारमा विगतको जस्तो नेगेटिभ सिम्टम्स निकै हदसम्म कम भएको उनको भनाई छ । पहिले पहिले यही समयमा मानिसहरुले बजारबाट पैसा निकाल्ने हुँदा बजार नेगेटिभ हुने गरेको अनुभव पनि उनीसँग छ । तर, यसपालि भने त्यस्तो अवस्था नदेखिएको उनले बताए ।

अहिले केही पैसा जम्मा गरेर बसेमा मान्छेहरु पनि यहाँ भित्रीने अवस्था रहेको उनले बताए । क्लोजिङको इफेक्ट नदेखिई बजारले यसपालि सकारात्मक लिएको लम्सालको विश्लेषण छ । उनले बजार कति बढ्छ भन्ने ठ्याक्कै अनुमान गर्न नमिले पनि आगामी दिनमा राम्र्रैसँग बढ्नसक्छ भन्नेमा आफूहरु विश्वस्त रहेकोमा पनि जोड दिए । पछिल्लो समय शेयर बजारले गति लिदा लगानीकर्ताहरुमा साकारात्मक आशा जागेको उनले बताए ।

 

 

यो समाचार शेयर गर्नुहोस्
469SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?