काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अहिले शिक्षक र स्वास्थ्यकर्मी एकै पटक आन्दोलनमा उत्रिएका तर सरकार भने रमिते बनेको आरोप लगाए ।
‘देश आन्दोलित छ । शिक्षक, स्वास्थ्यकर्मी र सहकारीपीडित सडकमा छन् ।
कर्मचारी पनि सडकमा जाने तयारीमा छन् । देश अस्तव्यस्त छ । सरकार भने रमिते भएर बसेको छ’, उनले अगाडि भने ‘कि त यो सरकारले यी सबै काम पूरा गर्न सक्नुपर्छ । होइन भने सरकारले (प्रधानमन्त्रीले) तत्काल राजीनामा दिनुपर्छ ।’
































