काठमाडौं । सर्वोच्च अदालतले नेपाली काँग्रेसका महामन्त्री गगन थापासँग अदालतको अवहेलना रिटमा लिखित जवाफ मागेको छ । मंगलबार अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जबाफ माग गरेको हो ।
आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । थापाले केही समयअघि एक कार्यक्रममा ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए ।
































