National life

सहकारी ठगीमा मुछिएका व्यक्ति नै गृहमन्त्री भएपछि पीडितहरू झन् समस्यामा परे: कांग्रेस

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ चैत २०८०, बुधबार
585Shares
सहकारी ठगीमा मुछिएका व्यक्ति नै गृहमन्त्री भएपछि पीडितहरू झन् समस्यामा परे: कांग्रेस
ncell

काठमाडौं। सत्ता समीकरण परिवर्तन पश्चात उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भएकै  कारण उनीमाथीकोे प्रहरी अनुसन्धान रोकिएको आंशका गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमाथि प्रश्न खडा गरेको छ ।

भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने माथिको प्रहरी अनुसन्धान रोकिएको आंशका गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमाथि प्रश्न गरेको छ । बुधबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै सांसद रामहरि खतिवडाले उपप्रधान तथा गृहमन्त्रीले आफै माथीको अनुसन्धानलाई रोक्ने काम गरेको आरोप लगाएका छन् ।

सांसद खतिवडाले भने ‘काठमाडौंबाट सीआइबीले दुई जना प्रहरी प्रदीप क्षेत्री र रवि घिमिरेलाई पोखरामा छानबिन गर्न पठायो।

Royal Enfield
nic asia capital
छानबिनले लामिछाने सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो सत्ता समीकरण परिवर्तन भएपछि यो रिपोर्ट पनि परिवर्तन भयो भन्ने हामीलाई आशंका भयो । ’

जसमाथि छानबिन हुँदै थियो उही गृहमन्त्री भएपछि सहकारी पीडितहरू झन् समस्यामा परेको खतिवडाको भनाई छ । आफूहरूले निष्पक्ष छानबिन आयोग बनाउन वा संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको तर सरकारले बेवास्ता गरेको खतिवडाको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?