National life

साउन महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार ४ अर्ब बढी, हेरौँ कसको कति(सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
442Shares

काठमाडौँ। निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरूले साउन महिनामा ४ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

प्रस्तुत विवरण अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले साउन महिनामा ६३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै साउन महिनामा ४५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कारोबार रकमको आधारमा तेस्रो स्थानमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले साउन महिनामा ३६ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको १० दशमलव ६४ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यस्तै प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार क्रमशः हिमालयन एभरेष्टले ३२ करोड ६० लाख, नेको इन्स्योरेन्सले ३१ करोड ८८ लाख रुपैयाँ,आइजिआई प्रुडेन्सियलले ३० करोड ६२ लाख, ओरिएण्टल इन्स्योरेन्सले २९ करोड १० लाख,नेपाल इन्स्योरेन्सले २८ करोड ८६ लाख, सरकारी स्वामित्वमा रहेको कम्पनी राष्ट्रिय बीमा कम्पनीले २५ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफm भएका छन्।

साथै, यूनाइटेड अजोड इन्स्योरेन्सले २५ करोड ४१ लाख, एनएलजी इन्स्योरेन्सले २४ करोड ९८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले २२ करोड ७६ लाख सानिमा जिआइसी इन्स्योरेन्सले १८ करोड ३९ लाख र प्रभु इन्स्योरेन्सले १० करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
442SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?