काठमाडौँ । साताको पहिलो कारोबारका दिन आज आइतबार सुनको मूल्यमा वृद्धि भएको छ। पछिल्लो समय सुनको मूल्यमा लगाातार वृद्धि भएको छ ।
आज स्थानीय बजारमा सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
गत शुक्रवार सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ५ सयमा भएको थियो । उक्त दिन सुनको मूल्य २ सयले बढेको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २८५ रुपैयाँ कायम भएको छ ।































