National life

साताको पहिलो दिन प्रतितोला ६०० रुपैयाँले महँगियो सुन, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०४ माघ २०८२, आइतबार
1.2kShares
साताको पहिलो दिन प्रतितोला ६०० रुपैयाँले महँगियो सुन, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव तथा स्थानीय माग–आपूर्तिको अवस्थाका कारण सुनको मूल्य बढेको महासंघले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर पाँच हजार ६२५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला पाँच हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य दैनिक रूपमा अन्तर्राष्ट्रिय बजारको प्रभाव, अमेरिकी डलरको विनिमय दर, ब्याजदर तथा भू–राजनीतिक अवस्थासँग प्रत्यक्ष रूपमा सम्बन्धित हुने गर्दछ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनप्रति लगानीकर्ताको आकर्षण बढेसँगै स्थानीय बजारमा पनि मूल्यमा उतारचढाव देखिँदै आएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?