National life

सानिमा रिलायन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ असोज २०८१, बुधबार
570Shares
सानिमा रिलायन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न
ncell

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०७९।८० को सातौं वार्षिक साधारण सभा मिति २०८१।०६।२३ मा अनमोल बैंक्वेट, नयाँ बानेश्वर, काठमाण्डौंमा सम्पन्न भयो ।

Royal Enfield
nic asia capital
कम्पनीका अध्यक्ष श्री रतन लाल केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षज्यूले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गर्नुभयो ।

कम्पनीको सातौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. ०७९/८० वार्षिक प्रतिवेदन सहित साबिक रिलायन्स लाइफ इन्स्योरेन्स लि. तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि का आ.व. २०७९/८० को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ ।

साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.४,१८,४०,००,०००।– (अक्षरेपी चार अर्ब अठार करोड चालिस लाख मात्र) को १८.३८११ प्रतिशतका दरले हुने रकम रु.७६,९०,६५,२२४।– (अक्षरेपी छयहत्तर करोड नब्बे लाख पैंसाठी हजार दुई सय चौबीस बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ । त्यसैगरी आ.व.०८० /८१ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ । साथै सञ्चालक समितिमा संस्थापक समुहको तर्पmबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्तीको अनुमोदन गरेको छ ।

मन्तव्यकै क्रममा उहाँले प्रचलित कानून तथा नियमनकारी निकायबाट जारी निर्देशनहरुको पूर्ण रुपमा पालना गर्दै व्यवसाय सञ्चालन गरी संस्थालाई प्रतिस्पर्धी र सबल बनाउन संस्थागत सुशासन, पारदर्शिता, प्रणालीगत विकास, बिमीत केन्द्रित योजना र व्यवसाय उत्प्रेरीत तथा प्रेरणा केन्द्रित अभिकर्ता प्रोत्साहन योजना अवलम्बन गरी कारोबार सञ्चालन गर्ने, प्रचलित कानूनको अधिनमा रही उच्चस्तरीय प्रविधि प्रयोग गरी सेवा प्रदान गर्ने, डिजीटल भुक्तानीको विकास गर्ने कम्पनीको नीति रहेको जानकारी गराउनुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले विश्व बजारमा आएको मन्दी, अन्तर्राष्ट्रिय रुपमा विभिन्न राष्ट्रहरु बिच रहेको कलह तथा भिडन्त, कोभिडको अवशेष यथावतै रहेको, लगानीका अवसरहरु खुम्चिंदै गएको, लगानीकर्ताको मनोबलमा गिरावट, कर्जा मागमा गिरावट, न्यून ब्याजदर प्रतिफल, जनमानसमा घट्दो क्रयशक्ति आदीको प्रत्यक्ष वा परोक्ष असरबाट बीमा व्यवसायमा थपिएको चुनौती बीच पनि कम्पनीका आर्थिक सूचकांकहरुसकरात्मक नै रहेका, कर्मचारीहरुको उच्च मनोबल, बीमितहरुको विश्वास तथा अभिकर्ताहरुको उत्प्रेरणादायी भुमिका, सञ्चालक समितिको अभिभावकिय भुमिका साथै मार्गनिर्देशनका कारण बीमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको व्यहोरा उल्लेख गर्नुभयो ।

कम्पनीको सातौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण शेयरधनी महानुभावहरु, उपस्थित अतिथीगण तथा सम्पूर्ण नियमनकारी निकायहरु कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड लगायतलाई धन्यवाद ज्ञापन गरी सभाध्यक्षबाट साधारण सभा समापन गर्नुभयो ।

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?