National life
cg eloctronics

जीवन बीमा : “आजको आवश्यकता, भोलिको सुरक्षा”, बिना–जयराम दम्पतीको प्रेरक यात्रा

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०७ पुस २०८२, सोमबार
2.1kShares
जीवन बीमा : “आजको आवश्यकता, भोलिको सुरक्षा”, बिना–जयराम दम्पतीको प्रेरक यात्रा
muktinatha bikash bank

काठमाण्डौँ। तनहुँकी बिना कुमारी न्यौपाने र उनका श्रीमान् जयराम रिमाल सात वर्षयता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स मार्फत स्थानीय समुदायमा आर्थिक चेतना फैलाइरहेका अभिकर्ता हुन् । उनीहरूलाई दैनिक सोधिने प्रश्न एउटै छ — “जीवन बीमा किन आवश्यक छ ?” र उनकै जस्तै उत्तर पनि सधैं एउटै— “जीवन बीमा आजको तयारी हो, भोलिको सुरक्षा ।”

बिना र जयरामका लागि बीमा केवल पेशा होइन, एक प्रकारको सेवा हो । उनीहरू प्रत्येक दिन घर–घर पुग्छन्, परिवार–परिवारसँग बस्छन्, जीवनका सम्भावित जोखिम र भविष्यका आर्थिक चुनौतीको बारेमा बुझाउँछन् । दम्पती आज कम्पनीका उत्कृष्ट जोडी अभिकर्ताका रूपमा परिचित छन् । जयराम अभिकर्ता विभागका प्रमुखका रूपमा काम गरिरहेका छन् भने बिना नेपालटार शाखाकी अभिकर्ता हुन् । उनी आजीवन सदस्यता लक्ष्य लिएर अघि बढिरहेकी छिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उनीहरूले जीवन बीमालाई परिवारको आर्थिक सुरक्षाको ढाल र भविष्यको आधारका रूपमा हेर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएका छन् । उनीहरूको प्रत्येक दिनको यात्रा एउटै उद्देश्यमा केन्द्रित हुन्छ । मानिसलाई जीवन बीमाको वास्तविक मूल्य बुझाउने ।

everest bank

जयराम भन्छन्, “जसरी स्वास्थ्य अस्पतालले ज्यान बचाउँछ, बीमाले मान्छेको सम्पत्ति बचाउँछ ।” रिमाल बीमा कम्पनीलाई ‘वेल्थ बचाउने अस्पताल’का रूपमा तुलना गर्छन् । “जसरी स्वास्थ्य अस्पतालले जीवन बचाउँछ, बीमा कम्पनीले मानिसको सम्पत्ति बचाउँछ,” उनी भन्छन् । मानिसको वेल्थ बचाउने डाक्टरको रुपमा आफुहरु रहेको रिमाल बताउँछन् ।

रिमालका अनुसार जीवन बीमाको भुमिका घरपरिवारमा आमाको जस्तो भुमिका रहेको छ । बीमाको महत्व आमाको माया जतिकै आवश्यक छ । जयराम रिमाल भन्छन्, जीवन अनिश्चित छ । आज हामी स्वस्थ छौं, सक्रिय छौं, परिवारका लागि कमाइरहेका छौं । तर भोलि के हुन्छ भन्ने कसैले भन्दैन । यस्तो अवस्थामा, जीवन बीमा केवल एक आर्थिक योजना होइन, जीवनको सुरक्षा कवच हो । बीमा गाँस, बास, कपासका लागि आवश्यक छ । त्यसैले आफ्नो बृद्ध अवस्था, आफू दुर्घटनामा परेर अपाङ्गता भएको अवस्था र घरमुलीलाई केही भइहाल्यो बालबच्चाको गाँस, बास, कपासको ग्यारेन्टीका लागि बीमा गर्न जरुरी रहेको रिमाल बताउँछन् ।

बीमा गर्ने मानिसले आफनो घरमुलीलाई फोकस गरेर हरेक परिवारले बीमा गर्न आवश्यक रहेको उनको भनाई छ । “हामी हाम्रो परिवारको लागि धेरै कुरा गर्छौं । तर जीवन बीमा भनेको परिवारप्रतिको सबैभन्दा ठुलो जिम्मेवारी पूरा गर्ने उपाय हो ।” जीवन बीमाले असमयमा हुने आर्थिक क्षति पूर्ति गर्न सहयोग गर्छ । परिवारका सदस्यले अचानक मुख्य आम्दानी स्रोत गुमाउँदा, बीमाले त्यो अभावलाई केही हदसम्म पूरा गर्न सक्छ । यसले परिवारलाई आर्थिक आत्मनिर्भरता र आत्मबल दिन्छ ।

रिमाल दम्पती भन्छन्, “पारिवारिक संरचनामा आमा नहुनु र आर्थिक संरचनामा बीमा नहुनु उस्तै हो । दुवैले ठूलो जिम्मेवारी र जोखिम बोकेका हुन्छन् ।”

बिना भन्छिन्, “कमाइको १०–१५ प्रतिशत बीमामा लगाउन सके भविष्यमा त्यो सबैभन्दा ठूलो सहारा बन्छ । कमाउने उमेर सधैं रहँदैन, तर जोखिम भने कहिल्यै टर्दैन । पारिवारिक संरचनामा आमा नहुनु र आर्थिक संरचनामा बीमा नहुनु उस्तै हो । दुवैले ठूलो जिम्मेवारी र जोखिम बोकेका हुन्छन् ।”

उनका अनुसार कमाईको हिसाबले बीमा गर्न जरुरी छ । जसरी एउटा असहायको लागि लठ्ठी सहारा हुन्छ, जस्तै सहारा हो बीमा पनि । बीमाप्रतिको चेतना अभावका कारण धेरैले अझै बीमा गर्दैनन् भन्ने बिनाको बुझाइ छ । नेपालको अवस्थामा आर्थिक अभावकै कारण बीमा नगरेको उनी बताउँछिन् । तर अहिलेको अवस्थामा बीमितको धारणा पहिलेको तुलनामा धरै नै सकारात्मक देखिन्छ । पहिलेको तुलनामा सचेतना बढ्दो छ, तर कतिपय बीमितहरू कम्पनी र अभिकर्ता छनोटमा दुविधामा पर्ने गरेको पनि उनी बताउँछिन् ।

“बीमा गर्नको लागि अभिकर्ताको प्रमुख भुमिका रहेको हुन्छ । ग्राहकले अभिकर्तालाई मन पराउनुपर्छ, विश्वास गर्नुपर्छ, र अभिकर्ता पनि पारदर्शी र जिम्मेवार हुनुपर्छ।”, उनले भनिन् ।

दुर्घटना, रोग, असमायिक निधनजस्ता घटना हुँदा परिवारलाई आर्थिक सुरक्षा दिनेदेखि, नियमित बचत, कर छुट, रिटायर्मेन्टको सन्तुलनसम्म—जीवन बीमा अनेक फाइदासहित परिवारलाई भविष्यका जोखिमबाट सुरक्षित राख्ने आधार हो । नेपालमा अझै धेरै मानिस बीमाको पहुँचबाट टाढा छन् । गाउँ–गाउँमा सचेतना विस्तार, डिजिटल सेवा, महिलाको सहभागिता र छिटो दाबी सेवा जस्ता सुधारकारी पहल आवश्यक रहेको उनीहरूको बुझाइ छ ।

सानिमा रिलायन्स लाइफ

सानिमा रिलायन्स लाइफ इन्सुरेन्स, सानिमा लाइफ र रिलायन्स लाइफको मर्जरपछि २०७९ चैत ९ गतेदेखि नयाँ नाममा सञ्चालनमा आएको जीवन बीमा कम्पनी हो । सानिमा र सिद्धार्थ बैंकको प्रवद्र्धकत्वमा स्थापना भएको यस कम्पनीले ग्राहक मैत्री, प्रविधि आधारित तथा संरक्षण मुख्य बीमा योजना उपलब्ध गराउँदै आएको छ ।

दम्पतीको एउटा वाक्य नै बीमाको सार हो “बीमा भनेको पैसा होइन, मनको शान्ति हो ।” आजको अनिश्चित जीवनमा बीमा अब विकल्प होइन, परिवारको भोलि सुरक्षित राख्ने अनिवार्य आवश्यकता बनिसकेको उनीहरूको ठम्याइ छ ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?