National life

भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाख राहत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१७ दिन अगाडि|१७ भदौ २०८३, बुधबार
8.8kShares
भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाख राहत
ncell

काठमाडौँ । रसुवासहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले नेपाल सरकारको राहत तथा पुनःनिर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रुपैयाँको एकमुष्ट रकम जम्मा गरेको हो ।

कुल रकममध्ये कम्पनीका तर्फबाट ५१ लाख रुपैयाँ तथा सञ्चालक र कर्मचारीका तर्फबाट २१ लाख रुपैयाँ योगदान गरिएको जनाइएको छ । उक्त रकमको चेक कम्पनीले अर्थमन्त्री डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

कम्पनीले बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धासुमन व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

साथै, प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरेको कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
8.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?