National life

सिटिजन्स बैंकको अगुवाइमा ४४.५२ मेगावाट सानीभेरी जलविद्युतको सहवित्तीयकरण सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ भदौ २०८२, सोमबार
430Shares
सिटिजन्स बैंकको अगुवाइमा ४४.५२ मेगावाट सानीभेरी जलविद्युतको सहवित्तीयकरण सम्झौता
ncell

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लि.को अगुवाइमा पाँच बैंकहरूले ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत परियोजनामा रु.

Royal Enfield
nic asia capital
७ अर्ब २० करोड ऋण लगानी गर्ने भएका छन्।

सोमबार प्रवर्द्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट प्रा. लि. र बैंकहरूबीच सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको हो। परियोजना लुम्बिनी प्रदेश, रुकुमपूर्वको सिस्ने र पुथा उत्तरगंगा गाउँपालिकामा निर्माण हुनेछ।

परियोजनाको कुल लागत करीब रु. ९ अर्ब ६० करोड अनुमान गरिएको छ। यसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी अनुपातमा लगानी हुनेछ। सिटिजन्स बैंकले २ अर्ब ५० करोड, नबिल बैंकले १ अर्ब ५० करोड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ अर्ब २० करोड, सिद्धार्थ बैंकले १ अर्ब र सानिमा बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन्।

चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। परियोजना सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेशनमा जोडिनेछ। वार्षिक २८१.११३ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ।

सम्झौता कार्यक्रममा सिटिजन्स बैंकका सीईओ गणेश राज पोखरेलले बैंकले हरित ऊर्जा क्षेत्रमा निरन्तर लगानी गर्दै आएको उल्लेख गर्दै निजी क्षेत्रको सक्रिय सहभागिताले ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए। एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्टका अध्यक्ष अंगिस घिमिरेले कानुनी प्रक्रिया पूरा भइसकेकाले परियोजना निर्धारित समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे।












यो समाचार शेयर गर्नुहोस्
430SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?