National life

सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२६ असोज २०८०, शुक्रबार
345Shares
सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित
ncell

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । बैंकको शुक्रबार सम्पन्न १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको हाे ।

अध्यक्षमा निर्वाचित पाण्डे यसअघि बैंकको सञ्चालक थिए । उनी मर्जर तथा एक्विजिसन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो ।

Royal Enfield
nic asia capital

बैंकको अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिवद्धता जनाएका छन् ।

साधारण सभाले सजन शर्मा र सीता कार्की केसीलाई सञ्चालक चयन गरेको छ । सर्वसाधारणका तर्फबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की तथा स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली चयन भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
345SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?