National life

सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’ वैशाख महिनाभर छुटै छुटको योजना

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०१ वैशाख २०८३, मङ्गलबार
1.6kShares
सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’ वैशाख महिनाभर छुटै छुटको योजना
ncell

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘सिटिजन्स डिजिटल मन्थ उत्सव’ भव्यताका साथ मनाउने भएको छ। बैंकले १९ औ वार्षिकोत्सवको अवसरमा ‘सिटिजन्स डिजिटल मन्थ उत्सव’ १९ औं वार्षिकोत्सव सेलिब्रेसन क्याम्पेन २०८३ मनाउने तयारी गरेको हो।

२०८३ वैशाख महिना भर संचालन हुने विविध कार्यक्रमहरु र छुटले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा सुविधामा विशेष छुट प्रदान गर्ने भएको छ। सो अवधिमा बैंकका ग्राहकहरुले आफनो निष्कृय डेविट कार्डलाई पीओएस  वा ई–कमर्श ट्रासक्याक्सन मार्फत सक्रिय गराएमा कारोवार रकमको १९ प्रतिशत वा अधिकतम् १९० रुपैयाँ  क्यास व्याक, मोवाईल बैंकिंक अथवा डीजी बैंक मार्फत ई–कम कार्ड अनुरोध गरेमा एसुरेन्स चार्जमा ५० प्रतिशत छुट दिने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निष्कृय व्यवसायिक क्युआर भएका ग्राहकहरुले आफनो क्युआर सक्रिय गराएमा कारोवार रकमको १९अ प्रतिशत अधिकतम् १९० रुपैयाँ क्यास व्याक, होटल तथा रेष्टुरेन्टहरुमा पोस मेसिन जडान गर्दा कारोवार शुल्कमा निश्चित प्रतिशत छुट, मोवाईल बैंकिंक अथवा डीजी बैंक मार्फत लकर सुविधा अनुरोध गरेमा वार्षिक शुल्कमा ५० प्रतिशत दिने बैंकले जनाएको छ ।

पारिवारिक सदस्यहरुको नंया खाता रेफर गरेमा प्रति खाता १०० रपैयाँ क्यास व्याक, मोवाईल बैंकिंक मार्फत इन्टरनेशनल रेमिट्यानसको रकम भुक्तानी लिएमा २०० क्यास व्याक जस्ता सुविधाहरु प्रदान गर्ने भएको छ ।

यी सबै कार्यक्रमहरु बैंकले आफ्नो वार्षिकोत्सवलाई थप उत्साहप‘र्ण बनाउन र डिजिटल कारोवार थप प्रबद्र्धन गर्ने उद्देश्यले ल्याएको हो । यससँगै सिटिजन्स फोनेपे क्रेडिट कार्डमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५०% छुट अफर समेत घोषणा गरेको छ।

‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र सिटिजन्स डिजी बैंक सेवा नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्य‘ आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ११ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिंक सेवाहरु प्रदान गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?