काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको छ। भदौ १० गते बागमती प्रदेशअन्तर्गत भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको हो।
अर्थ मन्त्रालय, सिंहदरबारमा आयोजित कार्यक्रममा सिटिजन्स बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले सहयोग रकम अर्थमन्त्री डा.
बैंकले बाढीमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ।
बाढीका कारण सिटिजन्स बैंकको नुवाकोटस्थित देवीघाट शाखा कार्यालयसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउने क्रममा बैंकले विदुर नगरपालिका–५, देवीघाटमा खाद्यान्न सामग्रीसमेत वितरण गरेको जनाएको छ।
बैंकका अनुसार प्रभावित नागरिकलाई चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु र चाउचाउलगायतका खाद्यान्न सामग्री वितरण गरिएको छ।
सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, सामुदायिक विद्यालय, वृद्धाश्रम तथा अनाथालयलगायतका क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको छ। आगामी दिनमा पनि सामाजिक सेवा तथा विपद् राहतका कार्यक्रमलाई निरन्तरता दिने बैंकले जनाएको छ।
हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको छ। बैंकका अनुसार करिब २० लाख ६० हजार ग्राहकले बैंकिङ सेवा लिइरहेका छन्।

































