काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहअन्तर्गतको सेयर बिक्रीका लागि खुला गरेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४५ हजार ३७१.०६ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको जनाएको छ।
उक्त सेयर खरिदका लागि हाल कायम रहेका संस्थापक सेयरधनीहरू मात्र योग्य रहनेछन्।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथ, काठमाडौँमा आवेदन पेश गर्नुपर्नेछ।
निर्धारित अवधिभित्र संस्थापक समूहबाट आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।

































