National life

सिद्धार्थ बैंकले कमायो ३ अर्बभन्दा बढी नाफा, वितरणयोग्य मुनाफा कति?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ साउन २०८०, शुक्रबार
476Shares
सिद्धार्थ बैंकले कमायो ३ अर्बभन्दा बढी नाफा, वितरणयोग्य मुनाफा कति?
ncell

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड (SBI) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब १९ करोड रुपैयाँ कमाएको छ। आर्थिक वर्ष ७८÷७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा ९ दशमलव ९१ प्रतिशतले वृद्धि भएको हो।

बैंकको खुद ब्याज आम्दानी २३ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ५९ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । संचालन नाफा ९ दशमलव ८३ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा ७९ करोड ५७ लाख रहेको छ । यसको आधारमा कम्पनीको प्रति शेयर वितरणयोग्य नाफा (लाभांश क्षमता) ५ रुपैयाँ ६५ पैसा रहेको छ ।

कम्पनीको खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष १ दशमलव ०७ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा २ दशमलव ०१ प्रतिशत रहेको छ ।

१४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा १० अर्ब ५७ करोड रुपैयाँ र रिटेण्ड अर्निंङ्गमा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ। प्रकाशित तथ्याङ्क अनुसार कम्पनीको प्रति शेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा र प्रति शेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
476SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?