National life

सिद्धार्थ बैंक र सूर्योदय वोमीको संस्थापक शेयर बिक्रीमा, कहाँ र कसले दिने आवदेन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ वैशाख २०८२, बुधबार
472Shares
सिद्धार्थ बैंक र सूर्योदय वोमीको संस्थापक शेयर बिक्रीमा, कहाँ र कसले दिने आवदेन ?
ncell

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ३ लाख ९१ हजार ५७० कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले लिन चाहेको शेयर विवरण खुलाएर नक्सालस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरीदका लागि पर्याप्त आवेदन नआएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।

यस्तै, सूर्योज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि ३६ हजार ३४२ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ।

Royal Enfield
nic asia capital

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा ललितपुरस्थित कम्पनीको कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयधरनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले बताएको छ।

यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?