National life

सुनको भाउ पहिलोपटक तोलाको ३ लाख नाघ्यो, चाँदी ऐतिहासिक विन्दुमा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०९ माघ २०८२, शुक्रबार
1.5kShares
सुनको भाउ पहिलोपटक तोलाको ३ लाख नाघ्यो, चाँदी ऐतिहासिक विन्दुमा
ncell

काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। सुनको भाउ पहिलोपटक तोलाको ३ लाख रुपैयाँको सीमा पार गरेको हो। प्रतितोला ९ हजार २०० रूपैयाँले बढेको सुनको मूल्य आज ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

यसअघि गत माघ ७ गते सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त दिन सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। आजको मूल्यले त्यसअघिको कीर्तिमानलाई तोड्दै नयाँ रेकर्ड बनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, डलरको मूल्यमा उतारचढाव, तथा विश्वव्यापी आर्थिक अनिश्चितता लगायतका कारणले सुनको मूल्य लगातार बढ्दै गएको जानकारहरुको भनाई छ । लगानीकर्ताले सुरक्षित लगानीको विकल्पका रूपमा सुनप्रति आकर्षण बढाउँदा समेत यसको माग उच्च भएको व्यवसायीहरूको भनाइ छ।

यस्तै आज चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। चाँदी आज प्रतितोला ३२० रुपैयाँले बढ्दै ६ हजार १९० रुपैयाँ पुगेको छ। यो मूल्य पनि हालसम्मकै उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुन र चाँदी दुवैको मूल्य एकैदिन उच्च बिन्दुमा पुगेसँगै गहना व्यवसायमा असर पर्ने संकेत देखिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?