काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ २ हजार ६ सय रुपैयाँले बढेसँगै नयाँ उचाईमा पुगेको छ ।
आज सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलवार सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
उक्त दिन सुनको भाउ २ हजार ३ सयले बढेको थियो ।
यसैगरी आज चाँदीको भाउ भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ९५५ रुपैयाँ कायम भएको छ ।

































