काठमाडौं। बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज एकैदिन सुनको मूल्य ११ हजारले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ११ हजार रुपैयाँले घट्दै ३ लाख १७ हजार ६ सय रुपैयाँमा झरेको हो।
यसैगरी चाँदीको मूल्य पनि ओरालो लागेको छ।
अघिल्लो दिन प्रतितोला ५ हजार ८१५ रुपैयाँ रहेको चाँदी बुधबार २७५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ५४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।






































