काठमाडौँ । सुनको मूल्य ओरालिनेक्रमले आज पनि निरन्तरता पाएको छ । घरेलु बजारमा आज सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन तोलामा एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले घटेर प्रतितोला दुई हजार ३०५ रुपैयाँमा किनबेच भइरहेको हो ।































