काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा रहेको थियो। यसअनुसार, एक दिनमै सुनको भाउमा उल्लेखनीय वृद्धि देखिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो कारोबार दिनको ५ हजार ४१० रुपैयाँ भन्दा ३१० रुपैयाँले उच्च हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको बृद्धि र आर्थिक अनिश्चितता, विदेशी मुद्रा भाउमा उतार(चढाव, र लगानीकर्ताको सुनतर्फ आकर्षण पनि मूल्य वृद्धिमा प्रमुख कारक रहेको महासंघले बताएको छ। सुनको भाउ बढेसँगै उपभोक्ताहरूले सुन किन्ने वा बेच्ने योजना बनाउँदा बजार स्थिति नजिकबाट हेर्नुपर्ने व्यापारीहरूले सुझाव दिएका छन्।






































