काठमाडौँ। कारोबार साताको अन्तिम दिन आज नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रवारका लागि सुनचाँदीको मूल्य सूची सार्वजनिक गरेको छ ।
महासंघका अनुसार आज सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो दिन उच्च अंकमा स्थिर रहेको सुनको मूल्य आज तोलाको १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन सुन प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
आज सुनको मूल्य १ हजार रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला २ हजार ३२५ रुपैयाँ पुगेको छ ।































