काठमाडौँ । घरेलु बजारमा साताको दोस्रो कारोबारका दिन समेत सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको हो ।
सुनचाँदीको व्यापार व्यवसायमा सुस्तता आइरहेको भए पनि दैनिक मूल्यमा भने निरन्तर वृद्धि हुँदै गएको छ ।































