काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा सुनको मूल्यमा यस्तो गिरावट देखिएको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रतितोला २०५ रुपैयाँले घटेर ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा हुने उतारचढावले नेपाली बजारमा पनि प्रत्यक्ष प्रभाव पार्दै आएको छ। जसका कारण सुन–चाँदीको मूल्य दैनिक रूपमा घटबढ हुने गरेको व्यवसायीहरू बताउँछन्।






































