National life

सुनचाँदीको मूल्यमा वृद्धि : आजदेखि विलासिता कर लागु , तोलाको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ साउन २०८२, बिहिबार
515Shares
सुनचाँदीको मूल्यमा वृद्धि : आजदेखि विलासिता कर लागु , तोलाको कति ?
ncell

काठमाडौँ । साताको पाचौँ कारोबारका दिन आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।निरन्तर उकालो लागेको सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो बुधवार तोलामा एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

Royal Enfield
nic asia capital

यता, चाँदीको मूल्य प्रतितोला दुई हजार २६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । पछिल्लो समय सुस्त गतिमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भएको छ ।

साथै, आजदेखि सुन चाँदीको खरिद बिक्रीमा विलासिता कर लागु भएको छ । सरकारको आर्थिक विधेयकमार्फत व्यवस्था भए बमोजिम कारोबारको २ प्रतिशत बराबरको विलासिता कर लाग्न सुरु भएको हो ।

यस्तो कर प्रत्येक कारोबारमा लाग्नेछ । बैंकबाट सुनचाँदी व्यवसायीले किन्दा, व्यवसायीले ग्राहकलाई बेच्दा तथा ग्राहकले व्यवसायीलाई पुनः बिक्री गर्दा समेत यस्तो कर लाग्ने व्यवस्था आर्थिक ऐनमा गरिएको छ।

जस्तो कि आज सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ छ । विलासिताबापतको २ प्रतिशत जोड्दा ग्राहकले सो मूल्यमा थप २ प्रतिशत करिब ३८३६ रुपैयाँ थप तिर्नुपर्छ ।

यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?