काठमाडौँ । साताको दोस्रो कारोबारका दिन आज नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। आज सोमबार सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ । अघिल्लो दिन तोलामा ३ हजार ४०० रुपैयाँले बढेर सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
































