काठमाडौँ । सुनको मूल्य बढ्नेक्रमले आज समेत निरन्तरता पाएको छ । साताको चौथो कारोबारका दिन नेपाली बजारमा सुन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेको थियो ।
दुई दिनमा सुनको मूल्य तीन हजार ९ सय रुपैयाँले महँगिएको छ ।
यता, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।































