National life

सुनचाँदी व्यवसायीको आन्दोलन असार २७ गतेसम्म जारी रहने, यस्ता छन् विरोधका कार्यक्रम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ असार २०८२, आइतबार
444Shares
सुनचाँदी व्यवसायीको आन्दोलन असार २७ गतेसम्म जारी रहने, यस्ता छन् विरोधका कार्यक्रम
ncell

काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले आफूहरूको आन्दोलन आगामी असार २७ गतेसम्म जारी राख्ने निर्णय गरेका छन् ।

सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरूले पसल बन्द गरेर प्रदर्शनमा उत्रिँदै आएका थिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्ति निकालेर काठमाडौं उपत्यकामा असार २७ गतेसम्म आन्दोलनको तालिका सार्वजनिक गरेको जानकारी दिएको छ ।

कार्यक्रम अनुसार आज असार २२ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मस्यौदा बुझाउने र न्युरोडमा प्लेकार्ड सहित एक घण्टा विरोध प्रदर्शन गर्ने व्यवसायीहरूले जनाएका छन् ।

Royal Enfield
nic asia capital

असार २३ गते आन्दोलनको रणनीति तय गर्न विज्ञसहितको टिमसँग छलफल गर्ने, २४ गते उपत्यकाका जिल्लारनगरका यसअघि गर्न बाँकी रहेका कार्यक्रम गर्ने, २५ गते गोष्ठि आयोजना गर्ने र २६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय व्यवसायीहरुले गरेका छन् ।

यसैगरी साताको अन्तिम दिन शुक्रबार काठमाडौंमा राष्ट्रिय रूपमा खबरदारी सभा गर्ने आन्दोलनको कार्यतालिकामा उल्लेख छ ।

आन्दोलनको कार्यतालिका :

यो समाचार शेयर गर्नुहोस्
444SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?